२१ भदौं, काठमाडौं । प्रणामी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष देविन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत संस्थाको आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
सभाले संस्थाको समीक्षा आ.व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नगद प्रवाह विवरण , नाफा- नोक्सान हिसाब लगायतका वित्तीय विवरण समेत पारित गरेको छ।
यस आर्थिक वर्षमा संस्थाको शेयर पूँजी रु. २,३३,४७,५००/- पुगेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै , यस आ. व. मा निक्षेप रु. ५८,२१,४६,४५२/- र कर्जा प्रवाह रु. ५२,६०,१०,८०५ रहेको संस्थाले रु. ७४,३५,०९२/- मुनाफा आर्जन गरेको छ। संस्थाको जगेडा कोषमा रु. ४,१७,१०,०५९/- पुगेको छ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थाको तरलता पर्याप्त राख्नको लागि स्थिरीकरण कोषमा नियमित रकम जम्मा गरिएको बताए। उनले समय सापेक्ष प्रविधिको प्रयोगमा ध्यान दिँदै सदस्यहरुलाई क्युआर कोड वितरण गरिएको , संस्थाको आफ्नै मोबाइल एप ‘Pranami Mobile Banking’ तयार गरिएको र रणनीतिक योजनाहरुको समीक्षा तथा नयाँ योजनाको निर्माण गर्दै संस्थालाई प्रभावकारी ढंगले संचालन गरिने प्रतिबद्धता व्यक्त गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend