सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कम्युनिष्ट पार्टीकी नेतृ कमला सुवेदीको निधन

कम्युनिष्ट पार्टीकी नेतृ कमला सुवेदीको निधन

काठमाण्डौ ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीको ५० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद बनेकी थिईन । उनको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए ।

उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका नेता कार्यकर्ता पुगेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend