सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित

नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित

१७ भदौ, काठमाडौं । नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न २४औं साधारणसभाले मैनालीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सहकोषाध्यक्षमा रमेश प्रजापती निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन् । निबर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend