सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उपसचिव बिसी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित

उपसचिव बिसी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित

 

१७ भदौं, ललितपुर । नेपाल सरकारका उपसचिव शेरबहादुर बिसी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित भएका छन्। सोमबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिसीलाई अवार्ड प्रदान गरेका हुन्।

सिजन मिडिया प्रालिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल, भारतसहित विभिन्न मुलुकका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा समाजमा असाधारण योगदान पुर्‍याउँदै प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा उपसचिव बि।सी।लगायत थुप्रै व्यक्तित्वले अवार्ड प्राप्त गरेका थिए।

बिसीले सरकारी सेवामा उल्लेखनीय योगदान गरेका छन्। विशेषतः टोखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा २९ महिनाको कार्यकालमा उनले १४ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण, आन्तरिक स्रोत वृद्धि, सूचना–प्रविधिमैत्री सेवा प्रवाह, विष्णुमती नदी सरसफाइ अभियानलगायत महत्वपूर्ण उपलब्धि हासिल गरेका थिए। यिनै उपलब्धिका आधारमा उनलाई यस वर्षको एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मान ग्रहण गर्दै उपसचिव बिसीले यो अवार्डलाई व्यक्तिगत भन्दा बढी सम्पूर्ण सरकारी सेवाप्रति जनताको विश्वासको कदरका रूपमा लिने बताएका छन्। उनका अनुसार, “यो अवार्ड सरकारी सेवामा समर्पित सबै इमानदार कर्मचारीहरूको प्रतिबद्धताको मान्यता हो। यसले मलाई अझ जिम्मेवार भएर समाज सेवामा समर्पित हुन प्रेरित गरेको छ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend