सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पब्लिक क्याम्पस संघ र निजी शैक्षिक संस्था संयुक्त आन्दोलनमा

पब्लिक क्याम्पस संघ र निजी शैक्षिक संस्था संयुक्त आन्दोलनमा

 

१५ भदौं , काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको कार्यसम्पादन समितिको भदौ १४ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयले दूरदराजसम्म सञ्चालन भइरहेका पब्लिक क्याम्पसहरूमा नयाँ कार्यक्रम नखोलेको र स्तर निर्धारण नगरेको जस्ता समस्याहरू समाधान नभएसम्म विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षा तथा अन्य शैक्षिक कार्यक्रमहरूमा असहयोग गर्ने निर्णय गरेको छ । संघले यसका साथै शैक्षिक आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने घोषणा गरेको छ ।

यस्तै, निजी तथा आवश्यकीय विद्यालय अर्गनाइजेसन प्याब्सनसहित पाँच वटा निजी लगानीका शैक्षिक संस्थाहरूको संयुक्त बैठकले पनि विरोधका कार्यक्रमहरू सार्वजनिक गरेको छ । सो निर्णयअनुसार भदौ १६ गते   बिहान ११ बजे काठमाडौं उपत्यकाको रिङरोड २७ किलोमिटर क्षेत्रमा हजारौं गाडी गुडाएर विरोध प्रदर्शन गरिने छ ।

१७ गते आन्दोलनरत आआफ्ना संस्थाले  २४ गते  गरिने वृहत विरोध सभाको लागी विषेश तयारी बैठक बस्ने   प्याब्सनका केन्द्रीय उपाध्यक्ष रविन्स शर्माले बताउनु भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend