१३ भदौं, काठमाडौं । नेपाली मोबाइल बजारमा नयाँ–नयाँ प्रविधि भित्र्याउँदै आएको BG Group ले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड Coolpad लाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक विशेष समारोहमा कम्पनीले उपभोक्ताको आवश्यकता र प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राख्दै विभिन्न मोडलका अत्याधुनिक स्मार्टफोन सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै BG Group का प्रमुख कार्यकारी अधिकृत (CEO) समर्पण मिश्रले कम्पनीको लामो यात्रामा उपभोक्ताको विश्वास नै सबैभन्दा ठूलो प्रेरणा रहेको उल्लेख गर्दै अब Coolpad मार्फत नेपाली प्रयोगकर्ताले नयाँ स्तरको अनुभव पाउने विश्वास व्यक्त गरे । उनले सन् २००० मा एउटा सानो सपनाबाट सुरु भएको कम्पनी आज एउटा सफल समूहका रूपमा स्थापित भएकोमा खुशी व्यक्त गर्दै नेपाली बजारलाई अझ प्रतिस्पर्धी बनाउन निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता जनाए ।
त्यस्तै कम्पनीका सेल्स प्रमुख विशाल बरालले नेपाली बजारमा विश्वस्तरीय प्रविधि भित्र्याउने क्रममा कम्पनीले विगत १५ वर्षमा हासिल गरेको अनुभव र सामूहिक प्रयासकै परिणामस्वरूप आज Coolpad को नयाँ सिरिज प्रस्तुत गर्न सम्भव भएको बताए । उनले नयाँ मोडलहरूले नेपाली बजारमा नयाँ उत्साह थप्ने विश्वास पनि व्यक्त गरे ।
सार्वजनिक गरिएका स्मार्टफोन मोडलहरूमध्ये Coolpad X100 लाई “Next Level Cool” नारासहित प्रस्तुत गरिएको छ । यसमा १०८ एमपी एआई ट्रिपल क्यामेरा, १२० हर्ज अल्ट्रा–स्मूथ डिस्प्ले र Helio G99 गेमिङ प्रोसेसर रहेको छ, जसले गेमिङ प्रेमी र प्रिमियम अनुभव चाहने प्रयोगकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । यस्तै “See More, See Power” स्लोगनसहित आएको Coolpad C16 मा ५० एमपी एआई ट्रिपल क्यामेरा, ९० हर्ज डिस्प्ले र ५००० एमएएच ब्याट्री जस्ता विशेषता छन्, जसले लामो समयसम्म फोन चलाउन सकिनेछ ।
त्यसैगरी “Bold Style, Meets Strength” को नारासहित बजारमा आएको Coolpad C15 ले बलियो बनावट र आकर्षक शैलीलाई जोड दिएको छ भने Coolpad CP12 Neo मा १२० हर्ज स्मूथ डिस्प्ले र ५००० एमएएच ब्याट्री जस्ता सुविधा छन्, जसले द्रुत गतिमा काम गर्ने र टिकाउपन खोज्ने प्रयोगकर्तालाई लक्षित गरिएको छ ।
कार्यक्रममा उपस्थित विभिन्न सञ्चारकर्मी, मोबाइल व्यवसायी र अतिथिहरूले Coolpad को नेपाली बजार प्रवेशलाई स्वागत गरेका थिए । उनीहरूले नयाँ ब्रान्डको आगमनले बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्तालाई अझ बढी विकल्प उपलब्ध हुने अपेक्षा व्यक्त गरे । कम्पनीका अनुसार Coolpad का यी सबै मोडलहरू अब छिट्टै देशभरका प्रमुख मोबाइल स्टोरहरूमा उपलब्ध हुनेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend