काठमाडौँ । सरकारले आगामी जेठ महिनादेखी बालबालिकामा रोटा भाइरस विरुद्धको खोप शुरु गर्ने भएको छ । रोटाभाईरसको कारणबाट बालबालिकामा देखिने झाडापखलाको समस्या न्युनिकरण गर्न नयाँ खोप शुरु गर्न लागेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले रोटारिक्स नामक खोप १५ महिना भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्तामा गरी दुईपटक दिइने बताउनुभयो । शर्माले बालबालिकामा देखिने झाडापखलाको मुख्य कारण रोटाभाइरस भएको पाइएकोले खोप शुरु गर्न लागेको बताउनुभयो ।
यसले बालबालिकाको ज्यानै समेत लैजाने गरेको छ । यसलाई रोक्न सरकारले नियमित खोप कार्यक्रममा रोटाभाइरस विरुद्धको खोप पहिलो पटक शुरु गर्न लागेको हो । यसपटक १५महिना मुनिका ६ लाख ३० हजार बढी बालबालिकालाई यो खोप दिइदै छ ।’
गाभीको सहयोगमा दिइन लागिएको यो खोप भाइलमा आउँछ ।
खोप भनिएपनि बालबालिकालाई सिरिन्जबाट दिइने भने होइन । पोलियो थोपा जस्तै मुखबाट थोपा खुवाउने हो । यो खोप एक जना बच्चाका लागि ले पाउने दुई डोजका लागि ४.५८ डलर पर्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend