सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य २ लाख नजिक

सुनको मूल्य २ लाख नजिक

 

१२ भदौ, काठमाडौं । नेपाली बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मुल्य तोलामा चार सयले बढेको छ भने चाँदी १० ले बढेको छ ।

आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार ४०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा खरिदबिक्री भइरहेको छ ।

हिजो बुधबार एक तोला सुन रु एक लाख ९९ हजारमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा कारोबार भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend