१२ भदौ, बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ र ३ मा आफ्नो प्रथम वडा अधिवेशन यही भदौ १४ गते शनिबार आयोजना गर्ने भएको छ । अधिवेशन गलकोट नगरपालिका–हटिया बजारमा बिहान ११ बजे सुरु हुने रास्वपाका नेता टेक पुन मगरले जानकारी दिनुभयो ।
अधिवेशनमा प्रमुख अतिथि तथा प्रमुख वक्ता प्रतिनिधि सभा सदस्य एवं रास्वपाका प्रमुख सचेतक माननीय सन्तोष परियार रहने कार्यक्रम तय भएको छ । नेता टेक पुन मगर पनि अधिवेशनमा सहभागी हुन जिल्लातर्फ प्रस्थान गर्ने तयारी भइरहेको बताउनुभयो ।
पार्टीले यस अधिवेशनलाई संगठन विस्तार, नीतिगत स्पष्टता र स्थानीय स्तरमा जनसंपर्क बढाउने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको जनाएको छ । अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend