१२ भदौ, काठमाडौं । संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको सरकारी नीतिविरुद्ध निजी तथा आवासीय विद्यालय व्यवसायी संगठन (प्याब्सन) आज भदौ १२ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै धर्ना तथा कोणसभा गर्ने भएको छ ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष रविन्स शर्माका अनुसार सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनका केही प्रावधानहरू अन्यायपूर्ण भएकाले तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ ।
प्याब्सनका प्रमुख मागहरूमा –
पूर्ण छात्रवृत्ति भन्ने प्रावधान पूर्ण रूपमा हटाई मासिक भर्ना शुल्क र परीक्षा शुल्क मात्र छात्रवृत्ति अन्तर्गत परिभाषित गर्नुपर्ने,
हालको १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था कायम राख्नुपर्ने,
गैरनाफामूलक कम्पनीमा दर्ता गरी सञ्चालनमा ल्याउने प्रावधान खारेज गर्नुपर्ने,
पालिकाबाट एकीकृत छात्रवृत्ति वितरण गर्ने प्रावधान संशोधन गरी विद्यालय स्वयं समितिमार्फत वितरण गर्नसक्ने व्यवस्था गर्नुपर्ने, समावेश छन् ।
उपाध्यक्ष शर्माले माग पूरा नभए आगामी दिनमा प्याब्सनले अझ कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिनुभयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend