काठमाडौं ७ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको प्रतिबन्धित नेकपाका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले पक्राउ गरेको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताएका छन् ।
उनले भने ‘विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ र्गयौँ’ । ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको बतएको छ ।
चैत ६ गते पनि काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव समूहका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षका शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षकै विशाल तामाङलाई पनि पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend