सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल चयन

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल चयन

 

११ भदौं, काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल चयन भएका छन्। अर्थ मन्त्रालयले उनलाई सञ्चालकमा नियुक्त गरेसँगै सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो।

अर्थ मन्त्रालयका अनुसार व्यवस्थापकीय क्षमता र अनुभवका आधारमा पौडेललाई कृषि विकास बैंकमा पठाइएको हो। नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा नेतृत्व गरेको २५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ।

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने योजनाकारका रूपमा परिचित पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल लगायतका संस्थाहरूको सफल नेतृत्व गरिसकेका छन्।

त्यसैगरी, वित्त तथा व्यवस्थापन परामर्शदाताको रूपमा उनले देश तथा विदेशका १०० भन्दा बढी कम्पनीलाई सेवा प्रदान गरेका छन्। हाल उनी ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई इनर्जी लिमिटेडका समेत अध्यक्ष रहेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend