१० भदौं, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले लामो समयदेखि बाँकी रहेको लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ। बैंकका अनुसार पाँच वर्षभन्दा अगाडि पारित भए पनि अझैसम्म नलिइएको लाभांशका लागि सम्बन्धित शेयरधनी वा उनका कानूनी हकवालाहरूलाई आवश्यक प्रमाणपत्रसहित उपस्थित हुन सूचना जारी गरिएको हो।
बैंकले प्रचलित कानूनी प्रावधानअनुसार लाभांश लिन आउनेलाई तत्काल उपलब्ध गराइने जानकारी दिएको छ। तर, साधारणसभाले पारित गरेको मितिबाट पाँच वर्ष पूरा हुँदासम्म पनि लाभांश लिन नआएमा त्यस्तो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जनाएको छ।
लाभांश लिन बाँकी रहेका शेयरधनीहरूको नामावली बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको छ। सम्बन्धितले काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार, सिद्धार्थ क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend