सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 शिक्षा विधेयकविरुद्ध माइतीघरमा प्याब्सनको आन्दोलन, उपाध्यक्ष शर्माद्वारा व्यापक उपस्थितिका लागि आह्वान

 शिक्षा विधेयकविरुद्ध माइतीघरमा प्याब्सनको आन्दोलन, उपाध्यक्ष शर्माद्वारा व्यापक उपस्थितिका लागि आह्वान

 

९ भदौं,काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सनले  आज २०८२ भदौ ९ गते काठमाडौंको माइतीघर मण्डलामा शिक्षा विधेयकविरुद्ध सशक्त आन्दोलन गर्ने भएको छ। प्याब्सनका केन्द्रीय उपाध्यक्ष रविन्स शर्माले आफ्नो फेसबुक पेजमार्फत सम्पूर्ण नगर शाखा र क्लस्टरका प्रतिनिधिहरूलाई ब्यानरसहित आन्दोलनमा अनिवार्य उपस्थित रहन आग्रह गरेका छन्।

शर्माले बिहान ११ बजे हुने कार्यक्रममा कुनै पनि सदस्य अनुपस्थित नहुने गरी तयारी मिलाउन आह्वान गरेका छन्। उनले प्रत्येक सदस्यले कम्तीमा पाँच जना साथीहरूलाई साथमा ल्याउनुपर्ने विशेष आग्रह गर्दै आन्दोलनलाई ऐतिहासिक बनाउनुपर्ने बताएका छन्। “सम्पूर्ण नगर प्याब्सन र क्लस्टरहरूले आफ्नो ब्यानरसहित माइतीघर मण्डलामा नै हाजिर गराउन अनुरोध गर्दछु।   आन्दोलन सशक्त बन्नेछ,” शर्माले लेखेका छन्।

शिक्षा विधेयकले निजी विद्यालयको अस्तित्वमाथि नै प्रश्न उठाएको भन्दै हालैदेखि प्याब्सनका विभिन्न तहका इकाइहरूले विरोधका कार्यक्रमहरू गर्दै आएका छन्। यसअघि पनि काठमाडौं र विभिन्न जिल्लामा विरोध प्रदर्शन र चेतावनीसभा आयोजना भइसकेको छ। प्याब्सनले सरकारसँग पटक–पटक वार्ता प्रयास गरे पनि माग सम्बोधन नभएकाले दबाबस्वरूप आन्दोलनलाई निरन्तरता दिइएको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend