भक्तपुर । नेपाल क्याेकुशिन सेईसिन कराँते संघ अन्तर्गत गठित लायन्स अन्तरास्ट्रिय, डिष्ट्रिक ३२५-एल संस्था लायन्स-लियाे क्लव अफ क्याेकुशिन कराँते क्लवकाे आयाेजनामा ” लियाे ओरिएन्टेशन तथा खेलाडी सम्मान कार्यक्रम -२०८२” कार्यक्रम सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा सम्पन्न शनिबार ( ८ भदौ , २०८२) भएको छ।
क्लव अध्यक्ष रामकृष्ण थिमीकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रमकाे उद्घाटन सुर्यविनायक नगरपालिका प्रमुख थापाले पानसमा दिप प्रज्वलन गरेका थिए। कार्यक्रम विशेष गरि संघले खेलाडीहरु तथा लियाे युवाहरुकाे नेतृत्व विकास, व्यक्तित्व विकास, अनुभव र अवसरकाे विकासका साथै समाजमा कसरी याेगदान दिन सकिन्छ र मानसिक स्वास्थ्य भन्ने विषयमा जनचेतनामूलक कार्यक्रमका साथै हालै श्रीलंकामा आयाेजना भएकाे साउथ एसिया स्तरकाे “२५औं अन्तरास्ट्रिय खुल्ला ताैल समूह लक्मल्स च्यालेन्ज-२०२५” मा स्वर्ण पदक हासिल गर्ने क्याेकुशिन-स्ईसिन संघका शनि शिंहलाई प्रमुख अतिथी, केन्द्रीय संघका अध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा संघका केन्द्रीय अध्यक्षले साे खेलाडी अगामी अक्टोबरमा जापानमा आयाेजना हुन लागेकाे एसियन प्रतियोगितामा छनाैट भएकाे र उक्त प्रतियोगितामा सहभागीता जनाउने समेत जानकारी दिए। स्वागत नृत्य तथा कराँते प्रदर्शनबाट शुरु भएकाे उक्त अभिमुखिकरण कार्यक्रममा तालिम दिने विशेष व्यक्तित्वहरुमा लायन्स मल्टिपल डिष्ट्रिकका जि.एम.टि.काे-अर्डिनेटर मणि श्री बज्राचार्य, प्रथम भाईस डिष्ट्रिक गभर्नर तारा भुसाल, लियाे डिष्ट्रिक प्रेसिडेन्ट सुलभ थकाली तथा धुलिखेल हस्पिटलका डा.श्रेया श्रेष्ठ थिए।

कार्यक्रमका अतिथीहरुमा सुर्यविनायक नगर खेलकुदका सदस्य सचिव दिपक थापा, डिष्ट्रिक ३२५-एलका काे-चिफ एडभाईजर धर्म नाथ शर्मा, लायन दामाेदर घिमिरे, ग्याट काे-अर्डिनेटर निरन्जन लम्साल, पि.आर.ओ.चिफ केशव पाैडयाल, जाेन चेयरपर्सन प्रमिला लामिछानेकाे विशेष उपस्थिति रहेकाे थियाे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend