७ भदौ ,काठमाडौँ । शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) मा अर्जुन कुमार बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न भएको छ। शनिबार सम्पन्न एप्क्यानको तेश्रो वार्षिक साधारण सभा तथा केन्द्रिय कार्यसमिति निर्वाचन कार्यक्रम २०८२ बाट नयाँ कार्यसमिति चयन भएको हो।
नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा प्रज्जवल बस्नेत, उपाध्यक्षमा दिनेश न्यौपाने, अनिल शर्मा, अमित खड्का रहेका छन् ।
त्यस्तै ,महासचिवमा नरेश प्रसाद सेंडाई, सचिवमा मदन उप्रेती, सन्तोष बस्नेत निर्वाचित भएका छन्। कोषाध्यक्षमा प्रज्वल खत्री, सह कोषाध्यक्ष विवेक शिवाकोटी, सदस्यमा ज्योती शाह, गिता कुमारी सुवेदी, राजन दाहाल, शेखर पाण्डे, सञ्जिव लुइँटेल, सन्तोष तमाङ्ग निर्वाचित भएका हुन्। बाँकी तीन जना सदस्य भने मनोनित गर्ने एप्क्यानले जनाएको छ। प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता हरि राम लामिछाने रहेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend