सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौं होटल व्यवसायी संघले आयोजना गर्‍यो तिज विशेष तथा एसईई सम्मान कार्यक्रम

काठमाडौं होटल व्यवसायी संघले आयोजना गर्‍यो तिज विशेष तथा एसईई सम्मान कार्यक्रम

५ भदौ , काठमाडौं । काठमाडौं होटल व्यवसायी संघले यस वर्षको तिजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको साथै संघका सदस्यहरुबाट २०८१ सालको एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। बिहीवार संघका अध्यक्ष ध्रुव बहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य भगवती चौधरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा काठमाडौं महानगरपालिका -२६ का अध्यक्ष ख्यामराज तिवारी , होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष लगायतकाका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य भगवती चौधरीले काठमाडौं होटल व्यवसायी संघले आफ्नो संस्कार र संस्कृतिको जगेर्ना हुने गरि तिजको अवसरमा यस्तो कार्यक्रम आयोजना गरेकोमा प्रसंशा गरिन। त्यस्तै , एसईईमा राम्रो परिणाम ल्याउने बालबालिकालाई प्रोत्साहन गर्नुका साथै अन्य सामाजिक कार्यहरु गर्ने गरेकोमा समेत संघलाई धन्यवाद व्यक्त गरिन। उनले समाज र देशलाई सांस्कृतिक सुधार गर्दै समग्र विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

संघका अध्यक्ष ध्रुव बहादुर कार्कीले संस्थाले आफ्नो सदस्यहरुको हकहितका साथमा यस्तै सृजनशिल र सामाजिक कामहरु जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend