सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनएमबि बैंकको चाडपर्व लक्षित अटो लोन योजना, ७.१३ प्रतिशत ब्याजदरमै सवारी साधन खरिद

एनएमबि बैंकको चाडपर्व लक्षित अटो लोन योजना, ७.१३ प्रतिशत ब्याजदरमै सवारी साधन खरिद

 

३ भदौं, काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै चाडपर्व लक्षित विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले व्यक्तिगत सवारी साधन खरिद गर्दा न्यूनतम ७.१३ प्रतिशत ब्याजदरमा ऋण सुविधा लिन सक्नेछन् ।

बैंकका अनुसार यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ । आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ, जसले गर्दा इच्छुक ग्राहकले छिटोछरितो ऋण सुविधा पाउन सक्नेछन् ।

विशेषगरी इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि यो योजना लाभदायी हुने दाबी बैंकले गरेको छ । वातावरणमैत्री सवारी प्रयोगलाई प्रोत्साहन गर्दै दिगो र हरित भविष्य निर्माणमा योगदान पुर्याउने उद्देश्य रहेको बैंकले जनाएको छ ।

ग्राहकहरूले थप जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्न वा नाडा अटो शोमा रहेको बैंकको स्टल (स्टल नं. इ–२४) मा जानकारी लिन सक्नेछन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend