सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल पर्यटक यातायात व्यवसायी संघको २२ औं साधारण सभाबाट गोलेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल पर्यटक यातायात व्यवसायी संघको २२ औं साधारण सभाबाट गोलेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

 

२ भदौं ,काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को २२ औं साधारण सभाबाट नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ । राजधानीमा सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा भिम बहादुर गोले तामाङलाई निर्विरोध निर्वाचित गरेको हो ।

गोले तामाङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विनोद तामाङ, उपाध्यक्षमा रामकुमार बस्नेत, महासचिवमा भरत तिमिल्सिना, सचिवमा टेक पुन मगर र कोषाध्यक्षमा तेजमान लामा निर्विरोध विजयी भएका छन् ।

त्यसैगरी, सदस्यतर्फ बाजीराम घिमिरे, हरि हुमागाई, विष्णु कार्की लगायतले उम्मेदवारी दिएका थिए । साधारण सभाले उम्मेदवारहरूमध्ये सबैलाई सर्वसम्मत निर्विरोध घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको हो ।

साधारण सभामा बोल्दै निर्वाचित अध्यक्ष गोलेले पर्यटक यातायात व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउन संघले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यातायात व्यवसायीहरूले आपसी एकता र सहकार्यका साथ अघि बढ्नुपर्ने बताए ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पनि आफ्ना-आफ्ना क्षेत्रगत प्राथमिकता अनुसार संघलाई सशक्त बनाउँदै पर्यटन विकासमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend