सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

घाट सेवा केन्द्रका कर्मचारीको माग पशुपति क्षेत्र विकास कोषले सम्बोधन गर्ने

घाट सेवा केन्द्रका कर्मचारीको माग पशुपति क्षेत्र विकास कोषले सम्बोधन गर्ने

काठमाडौं ६ कात्तिक । पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुले उठाएका सेवा सुविधाका मागलाई सम्बोधन गर्ने भएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले घोषणा गरेको आन्दोलन आफ्ना सेवा सुविधा बढाउन पशुपति क्षेत्र विकास कोषले सहमति गरे सगै आन्दोलन फिर्ता गरेका छन् ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले आज बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि शव चलाउने काम समेत ठप्प भएको थियो । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उनीहरुको सेवा सुविधा बढाएको बताए ।

सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाएवापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउनेछन भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार र्पुयाइएको छ ।

त्यसैगरी अवकाश पाउँदा उपदानवापत डेढ लाख पाउनेमा पाँच लाख र्पुयाइएको छ । १० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन् ।

यता, घाट सेवाका कर्मचारीहरुले पनि १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपादान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend