सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कालिञ्चोक ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडको आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित

कालिञ्चोक ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडको आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित

२९ साउन , काठमाडौं । कालिञ्चोक ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटीको सभापतित्वमा काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै समीक्षा आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गरेको छ।

सभामा अध्यक्ष शिवाकोटीले कम्पनीको लगानीको अवस्था , कम्पनीको आईपिओ सकेसम्म ६ महिनामा जारी गर्ने प्रक्रियामा रहेको तथा कम्पनीको आगामी कार्ययोजनाबारे शेयर सदस्यहरुलाई जानकारी गराए। हाल करिब चार सय शेयर सदस्यहरु, अधिकृत पूँजी १ अर्ब ५० करोड र ७४ करोड बढीको चुक्ता पूँजी भएको कम्पनी अब मुनाफा दिन सक्षम भएको पनि उनले जानकारी दिए।

अध्यक्ष शिवाकोटीले कम्पनीले ईलामको सानो पाथीभरा, कन्याम लगायतका तीनवटा केबलकारको लाइसेन्स प्राप्त गरेको र ती परियोजनामा लगानी गर्न सकिने पनि बताए । त्यस्तै , शेयर बजार लगायतमा लगानी लगानी गर्न सकिने पनि उनले जनाए।

समीक्षा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन र लेखापरीक्षण सर्वसम्मतले पारित गरेको साधारणसभाको संचालन कम्पनीका सचिव अशोक शिवाकोटीले गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend