सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप मंसिर १९-२३ गतेसम्म हुने

स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप मंसिर १९-२३ गतेसम्म हुने

२९ साउन ,काठमाडौँ ।  स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप यही मंसिर १९-२३ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल महिला च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा प्रतियोगिता पहिलो पटक विदेशी खेलाडी सम्मिलित प्रतियोगिता हुने भएको हो।

सो प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ । त्यसमा आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीसहित एपीएफ, नेपाल पुलिस क्लब, नेपाली सेना, एभिएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङपङ क्लब, नगाउँ स्पोर्ट्स क्लब, गडस्पिन टेबलटेनिस एकेडेमी र ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब रहेका छन् ।

बुधबार ( २८ साउन ) आयोजना गरिएको पत्रकार सम्मेलनमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविताले यी नौमध्ये पाँच टिममा एक पुरुष र एक महिला विदेशी खेलाडी पनि समावेश हुने बताइन् ।प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसँगै रनिङ सिल्ड पाउनेछ । उपविजेताले एक लाख र सेमिफाइनल पुग्नेले ५०–५० हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउनेछन् ।

यसको लागि आइतबार स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविता र सहप्रायोजक मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीबीच प्रायोजन सम्झौता भएको छ । प्रतियोगिताको प्रमुख प्रायोजक भारतको स्ट्याग ग्लोबल हो , जसले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण खेल सामग्री प्रदान गर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend