सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कमल थापाले दिए जनवर्गिय संगठनलाई यस्तो निर्देशन

कमल थापाले दिए जनवर्गिय संगठनलाई यस्तो निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनवर्गिय संगठनहरुलाई जनतामाझ गएर काम गर्न आहवान गरेका छन् । जनताको मन जित्न जनतामाझ पुगेर मात्रै सकिने भन्दै अध्यक्ष थापाले जनतामाझ पुगेर राप्रपाप्रति छरिएका भ्रमहरुलाई चिर्न निर्देशन दिए । राष्ट्रियता, जनता र मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर साँगठनिक गतिविधिलाई तीव्रता दिनसमेत जनवर्गिय संगठनका प्रमुखहरुलाई थापाले निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भातृ संगठनहरु पार्टी जस्तै समानान्तर ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।बलियो एजेण्डा र राष्ट्रवादी प्रजातान्त्रिक धारलाई बोकेर अगाडि बढिरहेको पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी र हस्तक्षेपकारी भूमिकामा ल्याउनको लागि बलियो संगठनको विकल्प नभएको अध्यक्ष थापाको भनाइ थियो ।कार्यक्रममा १७ वटा जनवर्गिय संगठनका प्रमुखहरुले संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend