काठमाण्डौ । काठमाण्डौका नगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई डेंगुको संक्रमण देखा परेकोे छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ परीक्षणका क्रममा डेंगुको संक्रमण भएको पुष्टि भएको हो ।
उनलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा डेंगुको संक्रमण फैलिएको छ । एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगु लाग्छ ।
यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डाक्टरले बताएका छन् । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगीको संक्रमण भएको थियो । डेंगीका कारण यो वर्ष सात जनाको ज्यान गएको छ भने सयौँ प्रभावित छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend