सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्तत यौन प्रकरणमा मुछिएपछि महराले दिए राजीनामा

अन्तत यौन प्रकरणमा मुछिएपछि महराले दिए राजीनामा

काठमाडौं असोज १४ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले यौन दुराचारको आरोपमा लागे पछि पदबाट राजीनामा दिएका छन् ।

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी थिईन । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ ।

यसै बिषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख महराको राजीनामा माग गरेको हो । यस बारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सार्वजनिक संजाल देखी बिभिन्न मिडियामा आलोचना भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend