बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यौन प्रकरणमा मुछिएपछि महरामाथि पदबाट राजीनामा दिन चौतर्फी दबाब

यौन प्रकरणमा मुछिएपछि महरामाथि पदबाट राजीनामा दिन चौतर्फी दबाब

Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

काठमाडौं असोज १४ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुराचारको आरोपमा परे पछि उनी माथि पदबाट राजीनामा दिन दबाब सुरु भएको छ । सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी छिन् ।

आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । यसै बिषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख महराको राजीनामा माग गरेको हो ।

यस बारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको बताईएको छ । यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सार्वजनिक संजाल देखी बिभिन्न मिडियामा आलोचना भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend