असोज १३ काठमाण्डौ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई फोर्स मर्जरमा जान राष्ट्र बैंकले जुनसुकै बेला निर्देशन दिन सक्ने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमा बोल्दै गर्भनर नेपालले बैकहरुलाई फोर्श मर्जरका लागी तयारी अवस्थामा रहन समेत सचेत गराएका छन् ।
गभर्नर नेपालले आफूले बैंक तथा वित्तीय संस्थालाई स्वेच्छिक मर्जरका लागि प्रेरित गर्दै आएकोमा अब भने फोर्स मर्जर गर्नुको विकल्प नभएको बताए।
‘उनले भने,अहिले राष्ट्र बैंकले मर्जरका लागि प्रेरित गरिरहेको छ, यसले काम नगरे फोर्स मर्जर अनिवार्य छ, जुनसुकै दिन फोर्स मर्जरको नीति आउँछ’ त्यसका लागी तयार भएर बस्नुस् ।
गभर्नर नेपालले बैक मात्रै नभई लघुवित्त कम्पनीहरु पनि मर्जरमा जानुको विकल्प नभएको बताए । लघुवित्त संस्थाहरु नेपालको अर्थतन्त्रको आकारभन्दा धेरै भएकाले साइजमा ल्याउन अवश्यक भइसेकेको धारणा राखे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend