काठमाडौं असोज ११ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेले निवर्तमान संघका नेतृत्वले बिगारेका काम आफनो टिमले कुशलतापूर्वक पूरा गरेर देखाउने दावी गरेका छन् । आज काठमाडौंका आयोजित सम्बाद चौतारीले गरेको अन्तरत्र्रिmया कार्यक्रममा बोल्दै संघका निवर्तमान रोहन गुरुङको टिमले मन्त्री संग एउटा कुरो गर्ने र व्यवसायीसंग अर्को कुरा गरेको कारण वैदेशिक रोजगार व्यवसायमा समस्या आएको आरोप लगाए ।

उनले यो आफनो बर्तमान नेतृत्वको कार्यसमिती नितान्त साझा व्यवसायीको टिम भएको जिकिर गर्दै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्षम भएको भन्दै सरकार लगायत सरोकार निकाय संग छलफल गरी समस्या समाधानको बाटोमा अगाडी बढने प्रतिबद्वता व्यक्त गरे । अध्यक्ष गैरेले आफनो टिम संग पराजित भएका साथीहरु कुनै बिचलनमा नआउन आग्रह गर्दै आफू सवै व्यवसायीको कुरा समेटेर अगाडी बढ्ने बताए ।

उनले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सरकार पनि सकारात्मक देखिएको जानकारी दिदैं समस्याको समाधान गर्न बर्तमान नेतृत्व लागी पर्ने बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बिमल ढकालले निवर्तमान कार्यसमितीको नेतृत्वको कार्यशैलीका कारण व्यवसायीहरुले धेरै समस्या भोगनु परेको आरोप लगाए । उनले अहिलेको नवनिर्वाचित कार्यसमिती सक्षम भएकै कारण नेतृत्व लिन सफल भएको बताउँदै यो टिमले उदाहरणीय काम गरेर देखाउने दावी गरे ।
संघका नवनिर्वाचित महासचिव सुजित श्रेष्ठले सरकारले जारी गरेको फ्रि भिसा फ्रि टिकटको प्रावधानमा व्यवसायीले काम गर्न नसक्ने भन्दै यसलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाउन सरकार संग छलफल गर्ने बताए ।
निवर्तमान नेतृत्वले व्यवसायी माथि गरेका प्रतिबद्वता पुरा गर्न नसकेको कारण पराजय भोगनु परेको समेत बताए । अव यो आफनो बर्तमान कार्यसमितीले निर्वाचनको बेला व्यवसायी सामू गरेका प्रतिबद्वता पुरा गरेर देखाउने दावी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend