सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगारमा जाने कामदारकोे स्वास्थ्य परिक्षणमा रहेको सिण्डिकेट हटाउने श्रममन्त्रीको अन्तिम तयारी

वैदेशिक रोजगारमा जाने कामदारकोे स्वास्थ्य परिक्षणमा रहेको सिण्डिकेट हटाउने श्रममन्त्रीको अन्तिम तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षणमा रहेको सिण्डिकेट हटाउने गृहकार्यमा लागेका छन् । विष्टको पहलमा श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समिति नै बनाएर काम थालेका छन् । समितिले प्रतिवेदन बुझाएपछि कार्यान्वयनमा जाने मन्त्रालय स्रोतले जनायो । श्रममन्त्रीकै पहलमा समिति बनेको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो । स्रोतका अनुसार छिट्टै सरकारी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था हुँदैछ । त्यसरी स्वास्थ्य परिक्षण गर्दा सहज र सस्तो पनि हुनेछ । मन्त्री विष्टले अभिमुखीकरणलाई पनि प्रभावकारी बनाउने गरी काम थालेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीको सुरक्षाको विषयलाई समेत विष्टले गम्भीरतापूर्वक लिएको बताइएको छ ।
बैदेशिक रोजगारीका लागि गएकाहरूको समस्यालाई विष्टले नजिकबाट नियालिरहेको र समाधानको लागि आवश्यक तयारी थालेको मन्त्रालयले जनाएको छ ।वैदेशिक रोजगारीका लागि मलेसियासहित खाडी मुलुकहरुमा जाने कामदारहरुले स्वास्थ्य परीक्षणका नाममा चर्को रकम तिर्नु परिरहेको छ । श्रम मन्त्रालयमा सुचीकृत रहेका करिव २ सय ५० वटा भन्दा बढी स्वास्थ्य संस्थाहरुले कामदारबाट चर्को रकम असुली रहेको श्रम मन्त्रीको ठहर छ । वैदेशिक रोजगार क्षेत्रमा रहेका बेतिथीलाई पनि जरो देखि नै उखेल्ने गरी काम थाल्ने श्रम मन्त्रालयको तयारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend