सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार व्यवसायीको निर्वाचन– नेकपालाई घुडा टेकाउँदै लोकतान्त्रिकको उदय

वैदेशिक रोजगार व्यवसायीको निर्वाचन– नेकपालाई घुडा टेकाउँदै लोकतान्त्रिकको उदय

काठमाडौं असोज ८ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम समूहले जित हासिल गर्न सफल भएको छ । नेपाली कांग्रेस निकट नेपाल फोरम समूहले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट संयुक्त व्यवसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मतान्तरले हराउँदै अध्यक्षमा बिष्णुप्रसाद गैरे विजयी भएका हुन् ।

निर्वाचनमा गैरेले आफ्ना प्रतिद्वन्द्वी निर्वाचनमा कुल ६१९ मत खसेकोमा अध्यक्षमा विजयी गैरेले ३३० मत पाए भने पराजित पोखरेलले २८३ मत पाए । संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष हुन् । यसैगरी प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहका कमल तामाङ विजयी भए ।

तामाङले आफ्ना प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेलाई १५१ मतान्तरले पराजित गरे । यसै गरी मतगणना अनुसार द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोर कुमार केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा ईन्दिरा गुरुङ विजयी भएका छन् ।

कार्यसमितिका दश वटै सदस्यपदमा समेत लोकतान्त्रिक फोरमका उम्म्दवारहरु नै विजयी भएका छन् । विजयी सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल रहेका छन् ।

दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले सानदार जित हासिल गरेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend