सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीय संसद्को दोस्रो अधिवेशन वैशाख २३ मा

संघीय संसद्को दोस्रो अधिवेशन वैशाख २३ मा

मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन शुरु हुनेछ ।
बैठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणका क्रममा उद्घाटन गरिएको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीलाई भन्सार क्षेत्र तोक्न नेपाल राजपत्रमा सूचना प्रकाशनको निर्णय गरेको छ । सो भन्सार भारत सरकारको सहयोगमा निर्माण भई हस्तान्तरण भएको हो ।
यस्तै आन्तरिक शान्ति र सुव्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने, वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा न्याय सेवाका सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend