बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

वैदेशिक रोजगार व्यवसायीलाई कुनै दुख दिने नियत छैन— श्रममन्त्री बिष्ट

वैदेशिक रोजगार व्यवसायीलाई कुनै दुख दिने नियत छैन— श्रममन्त्री बिष्ट

काठमाडौ, असोज ७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई कुनै दुख दिने सरकारको नियत नभएको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको काठमाडौमा २७ औं वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले व्यवसायीको समस्या सुन्न सरकार तयार भएको बताउ“दै व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उनको भनाई छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तराष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देक डा भीष्मकुमार भुसालले प्रणालीको सुधारको पक्षमा विभागसँग हातेमालो गर्न व्यवासायीलाई आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend