सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बैंकिङ कसुरको अभियोगमा बैक अफ काठमाण्डौका पूर्वसीइओ श्रेष्ठ सहित ६ कर्मचारी प्रहरीको फन्दामा

बैंकिङ कसुरको अभियोगमा बैक अफ काठमाण्डौका पूर्वसीइओ श्रेष्ठ सहित ६ कर्मचारी प्रहरीको फन्दामा

बैंकिङ कसुरको आरोपमा बैंक अफ काठमान्डूका पुर्व सीईओ सहित ६ जना कर्मचारी पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पूर्वसीइओ श्रेष्ठ र अन्य पाँच जना कर्मचारीलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिएको हो । खोलाको जग्गा धितोमा राखेर ऋण प्रवाह गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अजय श्रेष्ठ सहित बिक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी र शुष्मा शाह रहेका छन् । प्रहरीले पूर्वसीइओसहित ३ जना पूर्व कर्मचारी र ऋण प्रक्रियामा सहभागी भएको भन्दै ३ जना बहालवाला कर्मचारीलाई पक्राउ गरेको हो ।

नक्कली धनीपूर्जा राखेर झापाका सुरेन्द्र श्रेष्ठले बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। ऋणीले सावाँ र ब्याज नतिरेपछि अनुसन्धानको क्रममा खोलाभित्रको जग्गाको पुर्जा बनाएर बैंकबाट ऋण झिकेर ठगी गरेको तथ्य फेला पारेको थियो । पछि बैंकले ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

सोही आधारमा पछि अनुसन्धान गर्दै जाँदा तत्कालिन प्रमुख कार्यकारी अधिकृत अजय क्षेष्ठको नाम समेत जोडिन पुगेको प्रहरीले जनाएको छ । श्रेष्ठले बैंक अफ काठमाण्डूमा ८ वर्ष सीइओ भई ०७४ असार मसान्तमा बैंकबाट बाहिरिए थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend