चण्डेनीमण्डन, काभ्रे ५ असोज । पत्रकार सुमन नेपालको सक्रियतामा काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका १० मा रहेको चण्डेनीमण्डन सानाकिसान कृषि सहकारी संस्थाद्वारा सुपथ मुल्य पसल संचालनमा आएको छ । नजिँकिदो दसैं, तिहार छठ चार्डपर्व लक्षित गरेर सुपथ मूल्य पसलमा ल्याईएको हो । उक्त सुपथ मुल्य पसल मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइवाले उद्घाटन गरे ।


पत्रकार एबम् चण्डेनीमण्डन सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष सुमन नेपाले सुपथ मूल्य पसलबाट सर्वसाधारणले दैनिक आवश्यकिय सामानहरु सहुलियत दरमा पाउने जानकारी दिए ।
यो पसलमा चीनी प्रतिकेजी ८०, भटमासको तेल प्रतिलिटर १३५, तोरीको तेल १५५ तथा सूर्यमुखि तेल १४७ रुपैयाँ प्रतिलिटरमा पाइने बताइएको छ । यस्तै जिरामसिनो चामल प्रतिबोरा १६३०, मासको दाल प्रतिकेजी १०८ र मुसुरोको दाल ८० रुपैयाँ केजीमा पाइनेछ ।

यस्ता सुपथ पसलहरुले गाउँमा पनि शहर बजारकै दरमा सामान किन्न सकिने र यो एकदमै सान्दर्भिक रहेको मेयर वाइवाले बताए । अहिले चार्डपर्व लक्षित खोलिएपनि यसलाई सधैंभरि निरन्तरता दिइने योजना रहेको संस्थाका अध्यक्ष नेपालको भनाई छ ।

सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा उपमेयर निर्मला शाही , वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपाल लगायतको पत्रकार, सर्वसाधारण जनताको उल्लेखनीय सहभागीता रहेको थियो ।



© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend