असोज ४, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको मिति नजिँकिदै गर्दा गर्मागर्मी सुरु भएको छ । यही असोज ७ गते हुने निर्वाचनको लागी नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्जले समुह बनाएर चुनावी मैदानमा उत्रिका छन् ।

कांग्रेस निकटबाट बिष्णु प्रसाद गैरे र नेकपा निकट व्यवसायीको तर्फबाट सरोज कुमार पोखरेल चुनावी मैदानमा छन् । यस्तै फोरम निकटको तर्फबाट चुनावी मैदानमा छन् सचिबका उम्मेदवार मेघनाथ भुर्तेल । उनी बिगत १३ बर्ष देखी वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा क्रियाशिल छन् ।
बैदेशिक रोजगारीको क्षेत्रका यावत समस्या समाधानका लागि पहल कदमी लिन नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सचिवको उम्मेद्वारी दिएको मेघनाथ भुर्तेलको भनाई छ । सरकार र व्यवसायी संघ २ तिहाइको बहुमतमा हुँदा समेत म्यानपावर व्यवसायीका जायज माग सम्बोधन गर्न नसकेकोले व्यवसायीका समस्यालाई सम्बोधन गर्न उम्मेदवारी दिएको उनको भनाई छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम प्यानलको तर्फबाट सचिव पदमा प्रत्यासी बनेका भुर्तेल निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक हुन् ।

व्यवसायी हक हितका लागि आवाज बुलन्द गर्नका लागि एक व्याक्तिले केही गर्न सक्ने अवस्था नभएकोले फोरमको सम्पूर्ण टिमलाई जिताउन उनको अनुरोध छ ।अहिले सरकारका कारण व्यवसायीलाई काम गर्न अतिनै गाह्रो भएको र व्यवसायीले चुनाव जिताउन सहयोग गरेमा आफ्नो सम्पूर्ण समय संघको २ वर्षे कार्यकाललाई दिंदै व्यवसायीका समस्या समाधान गर्न दिन रात लाग्ने उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend