काठमाडौं ४ असोज । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने उद्घोष गरेकाछन् । नेपाली काँग्रेस पन्चकन्याँ काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदनप्रदान तथा एसइइ सम्मान कार्यक्रममा सबै नेपालीहरुलाई शुभकामना दिदै शाहीले पार्टीले तरुण दलको जिम्मेवारी मात्र होइन जुन कुनै विभागको जिम्मेवारी दिए पनि नयाँ तरिकाले काम गरेर देखाउने उनको दाबी छ ।
नेता शाहीले काम गर्ने बातावरण सृजना गरे नेपाली काँग्रेसलाई देशकै पहिलो पार्टी बनाई छाड्ने समेत ठोकुवा गरे । शाहीले ईतिहासमा सबैभन्दा बढी ओली सरकारले जनतालाई दमन गरेको भन्दै नेपाली युवाहरु एकजुट भएर सरकारको प्रतिकार गर्नुपर्ने बताए ।एक वर्षयता ईतिहासकै सबैभन्दा बढी ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाए ।
ओली सरकारको पालामा कालोबजारी बढेको, मूल्यबृद्धिले अकाश छोएको, सुन काण्डलाई जोगाएर राखेको, एनसेललाई करको छुट दिलाएको, बालुवाटार जग्गा काण्डबारे जानकार नहुनुले सरकार भष्ट्राचारमा लिप्त भएको बताए ।महासचिव शाहीले तरुण दल नेपाली काँग्रेसका अन्य भातृ संगठनहरु भन्दा केही मिलेको बताए । तरुण दलमा कार्यकाल सम्पन्न हुनभन्दा केही महिना अघिमात्र विवाद उत्पन्न भएको भन्दै त्यो पनि अध्यक्षको दादागिरीले विवाद देखिएको आरोप लगाए । आफूले संगठनलाई जोगाइराख्न धेरैनै प्रयत्न गरेको तर अध्यक्षले अधिनायकबाद लादेको ओरोप लगाए ।
आफ्ना कारणले आजसम्म तरुण दल एक ढिक्का भएर बसेको तर केही समय अघि अध्यक्षले काम गर्ने जागर नदेखाएर काम गरौंभन्दा गकारवाहीको डण्डा बजाएको बताए ।उनले भने, ‘नेविसघंको समिति बनेको दुई महिनामा अध्यक्ष र महासचिवको झगडा भयो, महिला संघको अवस्था त्यस्तै छ ।’ उनले भने, ‘अध्यक्षले मैले भनेका केही काम गर्न गर्न मान्नु भएन ।
मैले देशैभरी संगठन विस्तार गरौं भने, मेची– महाकालि जागरण अभियान चलाउँ भने, निर्मला पन्तको बलात्कार पछि हत्या भएको विषयमा जिल्ला जिल्लामा महिलाहरुका लागि रक्षात्मक तालिम दिउँ भने, भष्ट्राचार विरुद्धको अभियान चलाउँ भने तर उहाँले यी कुनै पनि काम गर्न चाहनु भएन् । उल्टै म माथि कारवाहीको डण्डा बजाउँनुभयो ।’
एक फरक प्रसंगमा बोल्दै शाहीले अध्यक्षले आफूलाई बिकट कालिकोटको गाउँमा जन्मेकाले हेपेको बताए । उनले आफू विचार, आदर्श र नैतिकतामा टेकेर लडाई लडिरहेको भन्दै विगतमा माओवादीले खाल्डो खनेर कन्चटीमा पेस्टोल ताक्दासमेत नडराएको भुपेन्द्र शाहीलाई सानातिना धम्कीले केही फरक नपर्ने बताए । ठुलो ज्यान छ भन्दैमा, विगतमा गुण्डागर्दी गरेको र अगाडि पछाडि दुई चार जना केटाहरु घुमाउँदैमा कोही पनि नडराउने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend