बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अराजक तत्वहरूले परिवर्तन उल्ट्याउन खोजे अब प्रतिवाद गरौँ —प्रचण्ड

अराजक तत्वहरूले परिवर्तन उल्ट्याउन खोजे अब प्रतिवाद गरौँ —प्रचण्ड

काठमाण्डौ ३, असोज । नेकपा अध्यक्ष प्रचण्डले नागरिकको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन केही अराजक तत्वहरू सक्रिय भएको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले यस्ता तत्वहरूले भ्रम सिर्जना गरेकाले यसको प्रतिवादमा उत्रन सम्पूर्ण नागरिक एकताबद्ध हुनु पर्नेमा जोड दिए ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्ने बताए ।

प्रचण्डको सन्देशमा भनिएको छ, ‘नागरिकको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन् । नागरिक भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकताबद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।’

उहाँले संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको स्मरण गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको पनि बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend