काठमाडौं ३ असोज । वैदेशिक रोजगार व्यवसायी संघको यही असोज ७ गते हुने निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । संघको अध्यक्ष पदका लागी कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष बिष्णुप्रसाद गैरे र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील वैदेशिक रोजगार मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेल बिच कडा प्रतिस्पर्धा हुने भएको हो ।
निर्वाचन जित्नका लागि दुवै प्यानलले समूह नै बनाएर आन्तरिक बैठक देखी प्रचार प्रसारलाई तीब्र गतिमा लगाडी बढाएका छन् । बिगतका निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा अध्यक्षका उम्मेदवार दुवै बलियो भएकोले कडा प्रतिस्पर्धा हुने भएकोले कस्ले बाजी मार्ला भन्नेमा अझै अनुमान गर्ने अवस्था छैन् । दुवै तर्फबाट उम्मेदरवारी टुंग्याउने काम सकिएको छ ।
फोरमद्वारा संस्थापक अध्यक्ष तिलक बहादुर रानाभाटको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन मूल समितिले नेपाली कांग्रेसका नेताहरुसँग समेत छलफल गरी उम्मेदवारको टुंगो लगाएको हो ।
फोरमका तर्फबाट अध्यक्षमा गैरे, प्रथम उपाध्यक्षमा संघका पूर्व महासचिव कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमल देव मल्ल, तृतीय उपाध्यक्षमा किशोर केसी, महासचिवमा फोरम कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठ, कोषाध्यक्षमा ईन्दिरा गुरुङ र सदस्यहरुमा बाबु लालराना (नरेन्द्र), यम बहादुर क्षेष्ठ, कर्ण कटुवाल, जंग बहादुर ईजम, छविलाल भट्राई र तुल्सी बोहराको नाम तय भएको हो ।
प्रगतिशील वैदेशिक रोजगार मञ्चको तर्फबाट अध्यक्षमा सरोज पोखरेल,प्रथम उपाध्यक्षमा हरी बहादुर पाण्डे क्षेत्री, महासचिवमा रामचन्द्र गिरी (आर सि गिरी),सदस्यहरुमा सोम लामा,बाबुराम खड्का,सरिता घले,ओम न्यौपानेको नाम तय भएको हो । निर्वाचनको मिति नजिँकिदै गईरहेको बेला दुवै समूहले आ—आफैले जित्ने दावी गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend