काठमाण्डौ, असोज १ । नेपाल वायु सेवा निगमले ज्येष्ठ नागरिकका लागि आन्तरिक उडानमा छुट दिन सुरु गरेको छ । योगेश भट्टराई मन्त्री भए संगै ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागी आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुटदिने घोष्णा गरेका थिए ।
अन्तत मन्त्री भट्टराईको घोषणा व्यवहारमा समेत कार्यान्वयन भएको छ । यसै अनुरुप असोज १ गतेदेखि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिन निगमले सुरु गरेको हो ।
निगमका अनुसार ज्येष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि निगमले ५० प्रतिशतको छुटको टिकट उपलब्ध गराउने जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend