बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भाडामा बस्ने संग घरबेटीले विद्युत महसुल बढी लिए कारबाही गरिने

भाडामा बस्ने संग घरबेटीले विद्युत महसुल बढी लिए कारबाही गरिने

काठमाडौं २९, भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरभाडामा लगाउने व्यक्तिहरुले भाडामा बस्नेसँग धेरै विद्युत महसुल लिने गरेको गुनासो आईरहेको भन्दै बढी शुल्क नलिन भेतावनी दिएका छन् ।

पत्रकार सम्मेलन गर्दै घिसिङले भाडामा बस्नेसँग धेरै विद्युत महसुल नलिन घरबेटी अरुलाई आग्रह गर्दै अटेर गरे कडा काननुनी कारवाही गर्ने समेत चेतावनी दिए  ।

घिसिङले प्राधिकरणले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको प्राथमिक शेयर निष्काशन गर्ने योजना पनि सुनाएका छन्। उनले अब प्राधिकरणले स्मार्ट बिलिङ र मिटरलाई पनि तिव्रताका साथ अघि बढाउने उल्लेख गरे।

घरबेटीहरूले बिजुलीको व्यापार गरेर सामाजिक अन्याय गरेको भन्दै घिसिङले बहालमा बस्नेहरू पनि यस विषयमा सचेत रहन आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend