सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मन्त्री यादवको प्रमुख आथित्यमा साल्ट ट्रेडिङ्गको ५७ औँ वार्षिक उत्सव सम्पन्न

मन्त्री यादवको प्रमुख आथित्यमा साल्ट ट्रेडिङ्गको ५७ औँ वार्षिक उत्सव सम्पन्न

????????????????????????????????????

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आफ्नो स्थापनाकालको ५७औँ वार्षिक उत्सव एक कार्यक्रम बिच सम्पन्न गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आथित्यमा वार्षिक उत्सव कार्यक्रममा मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले साल्ट ट्रेडिङ्गले नेपालमा नुन आयात गर्ने र विक्री वितरण गर्ने एकाधिकार पाएको भन्दै बजारमा सरकारले साल्ट ट्रेडिङ्ग बाट खोसेर निजी क्षेत्रलाई नुनको कारोबार गर्ने ठेक्का दिँदै छ भन्ने हल्ला गलत भएको आरोप लगाए ।

उनले उद्योग क्षेत्रमा उल्लेखनीय काम भइरहेपनि मिडिया सधै सरकार र मन्त्रालयको विपक्षमा उभिने गरेको आरोप लगाए । उनले बिना प्रमाणको समाचार छापेर मिडियाले भ्रम छर्ने काम गरेका उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थाले नुनदेखि कृषकका लागि अनुदानमा रासायनीक मल विक्री–वितरणमा उल्लेखनीय योगदान पु¥याएको बताईन । ‘

इतिहासको यति लामो समयमा निरन्तर रुपमा कर्पोरेशनले आफ्नो उद्देश्य एवम् प्रतिबद्धता अनुसार आमजनतालाई सुपथ एवम् सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुका साथै उपयोगी सेवाहरु उपलब्ध गराउँदै आएको उनको भनाई छ । यसै अवसरमा कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकारबाट जनतालाई प्रदान गरिने सेवालाई आम उपभोक्ताको पहुँचमा पु¥याउन कर्पोरेशन सदैव सक्रिय रहने र भविष्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्ति गरिन ।

त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव तथा कार्यक्रमका विशेष अतिथि बैकुण्ठ अर्यालले साल्ट ट्रेडिङ्गले सात वटै प्रदेश र ७ सय ५३ वटै स्थानिय तहमा आफ्नो सेवा विस्तार गरेको र उत्कृष्ट सेवा सुविधा आम उपभोक्तमा पु¥याएको बताए ।

उपभोक्त हित संरक्षण संघका प्रेमलाल महर्जनले उपभोक्ताको प्रत्यक्ष दैनिकीसँग र स्वास्थ्यसँग जोडिएको नुनको कारोबार साल्ट टेडिङ्गबाट निजि क्षेत्रमा कुनै हालतमा पनि लैजान नहुने बताए । यदी त्यसो गरे जुन दिन नुन निजी क्षेत्रमा जान्छ त्यस दिनदेखि उपभोक्तको जीवन स्वास्थ्य धरापमा पर्ने ठोकुवा गरे ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend