बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आज बाल दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज बाल दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ २९ भदौ । ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ नेपालमा आज बाल दिवस मनाइँदैछ । नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहको पालाबाट मनाउन थालिएको हो ।नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।

त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।विसं २०२१ सालको भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन शुरु गरिएको छ ।शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको देखेपछि भारतबाट फर्केर आफ्नो जन्म दिनपारी विसं २०२१ भदौ ४ मा नेपाल बाल दिवस मनाउन थालिएको थियो ।

उनले बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिरमार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउने गरिएको पाइन्छ ।

२०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि(१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend