दिपक भुसाल
काठमाण्डौ २९ भदौ । अर्घाखाँचीमा बृहत स्वास्थ्य शिविर हुने भएको छ । सन्धिखर्क नगरपालिका वडा नं ५ वलेवाँङमा यहि २०७६ असोज ११ र १२ गते शिबिर संचालन हुने भएको हो । विश्व मुटुरोग दिवसको अवसरमा लाईन्स क्लव अफ काठमाण्डौ लर्ड वुद्धको मुख्य आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र ससस्त्र प्रहरी बल नेपालको सह आयोजना शिबिर संचालन हुन लागेको आयोजकको भनाई छ ।
काठमाण्डौमा भेट्नको लागी महिनौ लाग्ने विशेषज्ञ डाक्टरहरु सिविरमा सजिलै भेट्न सकिने भएकोले बिरामीहरुले ठुलो लाभ लिन सक्ने आयोजकको दावी छ । शिबिरमा दीर्घ रोगीलाई ३ महीना सम्म को निःशुल्क औषधि वितरण र अन्य बिरामीलाई निसुल्क उपचार गरिने भएको छ । यो शिविरमा ईको, ईसीजी, यूएसजी तथा अन्य परीक्षणहरु पनि निःशुल्क गरिने छ ।
विगतमा पनि गुल्मी,दोलखा र उदयपुरमा वृहत स्वस्थ्य सिविर संचालन गरि सकेको लयन्स क्लब अफ काठमाडौ लर्ड बुद्धले नेपालका दुरदरजका गाउँमा गई निस्वार्थ सेवा प्रदान गरिरहेको क्लबका अध्यक्ष हरि अधिकरिले बताउनु भयो।यस शिविरमा उच्च स्तरिय अस्पताल वाट प्राप्त हुने स्वास्थ्य सेवा दिने उद्देश्य स्वरुप वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रोषन कुमार झा (सशस्त्र प्रहरी अस्पताल वलम्बु), वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुमन्त वन्जाडे (मानव अंग प्रत्यारोप केन्द्र,भक्तपुर ),वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सुमित्रा थापा,वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ डा.बर्षा थापा (प्रदेश नं ५ दाँत तथा मुखरोग प्रमुख),वरिष्ठ हाड जोर्नि तथा नसा रोग विशेषज्ञ,नाक,कान,घाँटी रोग विशेषज्ञ,विभिन्न मेडिकल अफिसर,ल्याब टेक्निसियन तथा असिस्टेन्ट, स्टाफ नर्सहरु सहितको ४० जनाको स्वास्थ्य टोली आउने कार्यक्रम रहेको छ ।
विभिन्न संघ सस्थाले यस अघिका दिनमा सदरमुकाम केन्द्रीत शिविरहरु संचालन गर्दै आइरहेता पनि दुर्गम वस्तिमा यस्ता शिबिरको आवश्यकता रहेको महसुस गर्दै यो स्थान छनौट गरिएको आयोजक सस्थाले जनाएको छ । माननिय कृषि तथा पशुपन्छी बिकास मन्त्रि चक्रपाणि खनाल “वलदेव” ज्युको प्रमुख आतिथ्यतामा हुने समुद्घघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका महानिरिक्षक शैलेन्द्र खनाल,लाईन्स क्लव ईन्टरनेशनल घद्दछद्यज्ञका गभर्नर लायन ईन्दु लम्साल तथा प्रदेश नं ५ का विभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थिती रहने छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend