सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

२३ वर्षका सन्दिप थापा भदौ २३ गते बेपत्ता

२३ वर्षका सन्दिप थापा भदौ २३ गते बेपत्ता

दिपक भुसाल
ललितपुर, भदौ २६ । भदौ २३ गतेदेखि ललितपुरबाट एक जना बेपत्ता भएका छन् । ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका, वडा नं. ४ इमाडोलबाट २३ वर्षका सन्दिप थापा बेपत्ता भएका हुन् ।
भदौ २३ गते सोमबारका दिन महालक्ष्मी नगरपालिका–४ इमाडोल ललितपुर स्थित निवासबाट घरमा आमा बुबालाई लगनखेल जान्छु भनी बिहान ११ बजे घरबाट हिडेको उनको बुबा शिव शरण थापाले बताए । उनले भने– ‘सबै ठाउँमा खोजेर नभेट्टाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको हुँ ।’
यदि कसैले देखे तथा भेटेमा ९८४१३६३३८१ मा सम्पर्क गर्न उनको परिवारले आग्रह गरेको छ । उनी विविएसमा अध्ययनरत विद्यार्थी हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend