काठमाण्डौं भदौ । समाजवादी पार्टीका नेता नारायण तिवारीले अब समाजबादी पार्टी राम्रो मात्रै होईन बलियो पनि बन्ने दावी गरेका छन् ।
नेता तिवारीले काठमाण्डौमा पत्रकारहरु संग कुराकानी गदै आफनो पार्टीको बिषयमा नकारात्मक टिकाटिप्णी गर्नेहरु आगामी निर्वाचन पछि उनीहरुको हैसियत समाप्त हुने समेत चेतावनी दिए ।
नेता तिवारीले क्षेत्रिय एजेण्डामा मात्रै केन्द्रित हुन नहुने भन्दै राष्ट्रिय मुद्दालाई आत्मसात गर्दै पार्टी अगाडी बढ्न गृहकार्य सुरु गरिरहेको समेत बताए ।
नेता तिवारीले पार्टीको अध्यक्ष डा . बाबुराम भट्टराईलाई वैचारिक रुपमा सक्षम नेताको संज्ञा दिँदै आगामी दिनमा पनि उनले पाटीभित्र वैचारिक नेतृत्व गर्दै अघि बढ्नुपर्ने बताए ।
त्यस्तै, पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँग सांगठनिक नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षमता भएकोले सोहीअनुसार समाजवादी पार्टीलाई अघि डोर्याउनुपर्ने उनको सुझाव छ ।
उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरि अघि बढ्नु् पर्ने पनि सुझाव दिए । पत्रकारिता संगै राजनीतिमा राम्रो छवि बनाएका तिवारी संचारमाध्यम संग राम्रो सम्बन्ध छ । पार्टीमा बैचारिक बिचारमा समेत प्रखर तिवारीलाई भबिष्यका राम्रा आशा लाग्दा नेताको रुपमा लिने गरिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend