बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं सहित केही ठाउँमा भारी वर्षा सहित चट्याङको सम्भावना

काठमाडौं सहित केही ठाउँमा भारी वर्षा सहित चट्याङको सम्भावना

काठमाडौं २४ भदौं । आज (मंगलबार) बिहानैदेखि देशभर मौसम बदली भएको र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज देशका अधिकांश स्थानमा मेघ गर्जन–चट्याङका साथ वर्षा हुने सम्भावना छ ।

साथै मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको उनले जानकारी दिए ।‘मध्य क्षेत्रअन्तर्गत दिउँसोतिर काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुने सम्भावना देखिएको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘तर काठमाडौंमा ‘आइसुलेटेड’ (खण्ड खण्ड) वर्षा हुने देखिन्छ ।’

यसको अर्थ काठमाडौंका सबै स्थानमा नभएर खण्ड(खण्डमा अर्थात् नजिकै भारी वर्षा भए पनि नजिकै अर्को स्थानमा नहुने किसिमको वर्षा हो । दक्षिण भारतमा रहेको मनसुनी न्यून चापीय रेखा उत्तर नेपालतर्फ सर्नेक्रममा रहेकाले वर्षाको क्रम बढ्दै गएको मौसमविद् श्रेष्ठको भनाइ छ ।
उनका अनुसार अहिले मनसुन मध्य र पूर्वी सक्रिय तथा पश्चिमी क्षेत्रमा केही कम सक्रिय छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend