सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आफनो जन्म दिनमा यूवा व्यवसायी तथा समाजसेवी अधिकारीले गरे असहायलाई सहयोग

आफनो जन्म दिनमा यूवा व्यवसायी तथा समाजसेवी अधिकारीले गरे असहायलाई सहयोग

काठमाडौं २४ भदौं । यूवा उद्यमी तथा समाजसेवी एमब लायन्स क्लब अफ काठमाडौ लुम्बिनीका अध्यक्ष पोमनारायण अधिकारीले आफनो जन्म दिनको अवसरमा मानब सेवा आश्रममा रहेका  असहाय,असक्त व्यक्तिहरुलाई भोजन खुवाउनु भएको छ ।

अध्यक्ष अधिकारीले ललितपुरको हात्तिबनमा रहको मानव सेवा आश्रका ५३ जनालाई खाना र गोल्डेन कुकिज बिस्कुट बितरण गर्नु भएको हो ।

आफनो जन्म दिनको अवसरमा असहाय असक्त व्यक्तिहरुलाई केही सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।साथै आश्रममा रहेका व्यक्रिहरुलाई लायन्स क्लब अफ काठमाडौ लुम्बिनीले ८ हजार नगद सहित बिभिन्न व्यक्रिहरुलाई सम्मान समेत गरेको छ ।

यस अघि पनि क्लवका अध्यक्ष पोमनारायण अधिकारीको सक्रियतामा लायन्स क्लब अफ काठमाडौ लुम्बिनीले क्यान्सर पिडित रतन बहादुर श्रेष्ठलाई रु १ लाख १ हजार, र गुल्मी जिल्लामा गएको बाढी पहिरो पिडित समुदायलाई आर्थिक सहयोग स्वरुप २५ हजार सहित भौतिक सहयोग गरेको थियो । क्लबले आफनो समाजिक उतरदायित्व अन्तरर्गत बिभिन्न स्वास्थ्य शिविर, बृक्षा रोपण लगायत बिभिन्न कायहरु गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend