सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

डेंगुबाट ६ जनाको मृत्यु, ३ हजार ८ सय बढी संक्रमित डेंगुबाट यसरी बँच्न सकिन्छ (भिडियो सहित)

डेंगुबाट ६ जनाको मृत्यु, ३ हजार ८ सय बढी संक्रमित डेंगुबाट यसरी बँच्न सकिन्छ (भिडियो सहित)

भदौ २३, २०७६ काठमाडौं– डेंगुबाट यस बर्ष मात्रै ६ जनाको मृत्यु भएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको भने ६१ जिल्लाका ३ हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको छ ।

महाशाखाको तथ्याङक अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १(१ जना गरी ६ जनाको ज्यान गएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

https://www.youtube.com/watch?v=aHhRFhVkRAY

महाशाखा अनुसार डेंगु रोगबाट प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २ हजार १० जना, गण्डकी प्रदेशमा ८ सय ९६ जना, प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूर पश्चिम प्रदेशमा २३ जना गरी मुलुकभर ३ हजार ८ सय ९९ जना संक्रमित भइ सकेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend