सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गाई तथा कुकुरको हत्यारालाई तत्काल कारवाही गर्न पशुअधिकारकर्मीको माग

गाई तथा कुकुरको हत्यारालाई तत्काल कारवाही गर्न पशुअधिकारकर्मीको माग

काठमाडौ २३ भदौ । सुर्खेत र खोटाङमा विभत्स रुपमा भएको गाई र कुकुरहरुको हत्याको छानविन तथा दोषिलाई कारवाहीमा ढिलाई भएको प्रति पशुअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । घटना भएको लामो समय हुँदा सम्म पनि दोषिलाई कानूनी दायरामा ल्याउन नसक्नुले सरकार प्रति शंका उब्जिएको पशु अधिकारकर्मीहरुको संस्था पशु कल्याण संघले जनाएको छ ।

दोषिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न माग गर्दै पशु कल्याण संघ नेपालले आईतबार गृहमन्त्री रामबहादुर थापालाई भेटी ज्ञापनपत्र मार्फत ध्यानाकर्षण समेत गराई सकेको छ । गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए लगत्तै एक एक विज्ञप्ति जारी गर्दै “नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेख लैजाने भनी पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भिरबाट खसालेर मारिएको र वेवारिसे अवस्थामा जंगलमा छाडिएको तथा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा वर्वरतापूर्वक मारिएको घटना गम्भिर छ विज्ञप्तिमा भनिएको छ ।

एउटा सामान्य मानवीय धर्म र पशु कल्याणका आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैह्रजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण र नीतिमाथी प्रश्न चिन्ह खडा गरेको छ ।” विज्ञप्तिमा भनिएको छ ।

दुबै घटनाहरुमा सम्बन्धित स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरु पनि अनुसन्धानको दायरामा आउनुपर्नेमा हालसम्म उनीहरुमाथी कुनै अनुसन्धान नहुनु तथा यस सम्बन्धमा जाहेरी दर्ता गर्न आनाकानी गरिनुले दोषि उपर कारबाहि हुने कुरामा शंका रहेको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले बताईन् ।

श्रेष्ठले भनिन् “शक्तिको आडमा दोषिहरु उम्कीने अवस्था देखियो, त्यसैले गृहमन्त्रीको ध्यानाकर्षण गराउनका लागी ज्ञापनपत्र बुझाएका हौँ ।” यदि कानुन बमोजिम घटनाका दोषिलाई कारबाहि गरिँदैन भने पशु अधिकारकर्मीहरु चुप लागेर नबस्ने पनि श्रेष्ठले स्पष्ट पारिन् ।

नेपालमा पशु पंक्षिहरुप्रतिको दुर्व्यवहारलाई कानुनले समेत सम्बोधन गरिसकेको सन्दर्भमा पशु कल्याणको सुनिश्चितताको लागी पशु कल्याण ऐन निर्माण गरि तत्काल समस्याको दिर्घकालीन समाधान खोज्नुपर्ने देखिएको छ ।

पशु पंक्षिहरुप्रति गरिने व्यवहारले देशको सभ्यता मापन गर्न सकिने भएकाले हिंसारहित, सभ्य र समुन्नत राज्यका लागी पशु कल्याण सुनिश्चित हुनु जरुरी देखिन्छ पशु कल्याण संघ द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend