ललितपुर, भदौ २२ । ललितपुरमा रहेको आयाम वचत तथा ऋण सहकारी संस्थाले आफ्नो ७ औं वार्षिक साधारण सभा एक कार्यक्रम बिच सम्पन्न गरेको छ ।
संस्थाको अध्यक्ष केशव प्रसाद नेपालको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधारण सभामा शेयर सदस्यहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि केवि उप्रेतीले सहकारीलाई चुस्त दुरुस्त राख्न र प्रगति गर्नलाई शेयर सदस्यहरुको प्रमुख भूमिका हुने भएकोले सचेत रहन अनुरोध गर्नु भयो । उप्रेतीले सहकारी सम्बन्धी सरकारको नीति र सहकारीकर्मीहरुले गर्नु पर्ने विषयहरुमा समेत प्रकाश पार्नु भयो ।

शुभकामना मन्तब्य दिने क्रममा सबै अतिथिहरुले आयाम सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष केशव प्रसाद नेपालले सञ्चालक समितिको तर्फबाट आव २०७५–७६ को प्रगति विवरण र संस्थाका कोषाध्यक्ष नविन खकुरेलले गत आव २०७५–७६ को आर्थिक विवरण तथा २०७६–७७ का लागि प्रस्तावित वार्षिक लक्ष्य तथा बजेट प्रस्तुत गर्नु भयो ।

संस्थाले आर्थिक वर्ष २०७५–७६ मा ३ करोड ६७ लाख ९२ हजार ८ सय शेयर पुँजी जम्मा गरेको छ भने कर्जा लगानी २० करोड ८२ लाख ४८ हजार ६१ रुपैंया रहेको छ ।
साधारण सभाको अवसरमा संस्थाले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको थियो । संस्थामा हाल २ हजार १ सय ५४ शेयर सदस्यहरु रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend